Header Ads

एण्टिभाइरसको बढ्दो व्यापार


एकराज बास्तोला
नेपालमा कम्प्युटर प्रयोगकर्ताको वृद्धिसँगै एण्टिभाइरसको विक्री बढेको छ । कम्प्युटरमा भएका विभिन्न फाइलको सुरक्षाका लागि अनिवार्य भएकाले एण्टिभाइरसको विक्री बढेको हो । नेपालमा हाल वार्षिक १३ करोड रुपैयाँबराबरको एण्टिभाइरस खपत हुने आईसीटी एशोसिएशन अफ नेपालका अध्यक्ष सागरदेव लाखेले जानकारी दिए । लाखे सागर इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक हुन् । सागर इन्फोसिसले क्यास्परस्की ब्राण्डका एण्टिभाइरस विक्री गर्छ ।
नेपालमा अहिले दैनिक ५ सय ओटासम्म कम्प्युटर विक्री हुने अनुमान छ । त्यस्तै एउटा एण्टिभाइरसको औसत खरीद मूल्य ५ सय रुपैयाँ पर्छ । नेपालमा दैनिक ४ सय ५० ओटा एण्टिभाइरस विक्री हुन्छन् । एण्टिभाइरसको बजार वार्षिक ५० प्रतिशतसम्मले बढेको छ । तर विदेशमा वार्षिक तीन गुणासम्मले विक्री बढ्ने गरेको लाखेको भनाइ छ । पछिल्ला वर्ष स्मार्ट फोनको प्रयोगले समेत एण्टिभाइरसको विक्री बढाएको हो । 
बैङ्क फाइनान्सलगायत कर्पोरेट क्षेत्रमा सीमित एण्टिभाइरस अहिले सर्वसाधारणको पहुँचसम्म पुगेको छ । घरायशी प्रयोजनदेखि सानाठूला सबै कार्यालयलाई लक्षित गरी एण्टिभाइरस भित्रिएका छन् । यसको व्यापार पनि अपेक्षित रुपमै बढेकाले लगानीकर्ताहरु व्यवसायप्रति आकर्षित भएको व्यवसायीहरु बताउँछन् । <br>
एण्टिभाइरस विक्रेताहरुबीच बढेको प्रतिस्पर्धासँगै खरीद मूल्य घट्दै गएको छ । केही वर्ष अघिसम्म प्रतिगोटा ३ हजार पर्ने एण्टिभाइरसको खरीद मूल्य अहिले ५ सय रुपैयाँसम्म पर्न थालेको छ यसले व्यापार बढाउन सहयोग पुर् याएको लाखेले बताए । हाल घरायशी प्रयोजनमा मात्र मासिक ७ हजार थान एण्टिभाइरस विक्री हुने गरेको नियोटेरिक नेपालका प्रडक्ट म्यानेजर तृष्णा तुलाधरले बताइन् । नियोटेरिक नेपालले ट्रेण्ड माइक्रो ब्राण्डका एण्टिभाइरस नेपालमा विक्री गर्दै आएको छ । अहिले पनि कर्पोरेट क्षेत्रमा एण्टिभाइरसको खपत बढिरहेको ओम्नी समूहका ईाजनीयर दीपेश न्यौपाने बताउँछन् ।  <br>
घरायशी तथा कर्पोरेट प्रयोजनका लागि क्यास्परस्की क्विक हिल ट्रेण्ड माइक्रो म्याकाफे इसेट जी-डाटा एभीजी विटडिफेण्डर र सिमेण्ट्रिक ब्राण्डका एण्टिभाइरस बजारमा उपलब्ध छन् । बजारमा नयाँनयाँ ब्राण्डका एण्टिभाइरस आउने क्रम पनि बढ्दै गएको छ । नेपालमा आगामी मङ्गलवारदेखि स्पेनिस ब्राण्ड पाण्डाका एण्टिभाइरस सार्वजनिक गर्ने तयारी भइरहेको एक्स्प्लोर एशिया प्यासिफिकका प्रबन्ध निर्देशक नीरज शर्माले बताए । पाण्डासँगै नेपाली बजारमा उपलब्ध एण्टिभाइरसका ब्राण्डको सङ्ख्या १२ पुग्ने भएको छ । <br>
बजारमा एण्टिभाइरस इण्टरनेट सेक्युरिटी तथा टोटल सेक्युरिटीजस्ता प्रडक्ट चल्ने गरेका छन् । यी प्रडक्टहरु घरायशी र कर्पोरेट क्षेत्रमा प्रयोग गर्न सकिन्छ । विश्वमा एण्टिभाइरसका धेरै प्रडक्ट आए पनि नेपालमा तीनथरी प्रडक्ट बढी विक्री हुने गरेको छ । नेपालमा एण्टिभाइरसको विक्री शुरु भएको एक दशकभन्दा बढी भइसकेको छ । 
आआफ्नो दाबी
एण्टिभाइरसका विक्रेताहरुले बजारहिस्सालाई लिएर आआफ्नै दाबी गरेका छन् । घरायशी प्रयोजनमा बढी विक्री हुने क्यास्परस्कीको बजारहिस्सा ८० प्रतिशत भएको सागर इन्फोसिसका प्रबन्ध निर्देशक वासुदेव लाखे बताउँछन् । यसले सन् २००७ बाट नेपालमा क्यास्परस्की ब्राण्डका एण्टिभाइरसको विक्री शुरु गरेको हो । सागर इन्फोसिसले यो वर्ष बजारहिस्सा ८५ प्रतिशत पुर् याउने लक्ष्य लिएको छ । 
म्याकाफेका घरायशी प्रयोजनमा प्रयोग हुने एण्टिभाइरसको बजारहिस्सा २० प्रतिशत रहेकॊ फिनिक्स ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राहुललाल श्रेष्ठले बताए । फिनिक्स ट्रेडिङले म्याकाफेका एण्टिभाइरस विक्री गर्छ । क्विक हिल एण्टिभाइरसको बजार हिस्सा ३० देखि ४० प्रतिशतसम्म रहेको एक्शन प्वाइण्ट नेपालका निर्देशक अशोक अग्रवाल बताउँछन् । विटडिफेण्डर एण्टिभाइरसको व्यापार अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतसम्मले बढेको तारा इण्टरनेशनल प्रालिका बिजनेश डेभलपमेण्ट म्यानेजर सम्राट आचार्यले बताए । यसरी व्यवसायीहरुको आफ्नै दाबीले नेपालमा एण्टिभाइरसको बजार आकारलाई समेत प्रभाव पारेको छ । 
छूटसँगै अफर
एण्टिभाइरसका ब्राण्ड बढेपछि व्यापार वृद्धि गर्न विक्रेताहरुले खरीद मूल्यमा छूटसँगै विभिन्न अफर ल्याउने गरेका छन् । सागर इन्फोसिसले एण्टिभाइरस तथा इण्टरनेट सेक्युरिटी २०१२ को लिाचङ अफर ल्याएको छ । सागरले २५ सेप्टेम्बर २०११ सम्म ३० प्रतिशत छूटको सुविधा उपलब्ध गराएको छ । त्यस्तै फिनिक्स टे्रडिङले म्याकाफे एण्टिभाइरस र इण्टरनेट सेक्युरिटीको खरीदमा २५ प्रतिशत छूटको सुविधा उपलब्ध गराएको बताएको छ । 
पाइरेसी घटुे
सस्तो मूल्यमा खरीद गर्न सकिने भएपछि पाइरेटेड एण्टिभाइरस चलाउनेको सङ्ख्या घट्दै गएको छ । उपभोक्ताहरुमा चेतनाको विकास हुँदै गएकाले पाइरेसी घटेको हो । पाइरेटेडभन्दा आधिकारिक रुपमा ुसिरियल कीु लिएर प्रयोग गर्दा कम्प्युटरमा भएको फाइल सुरक्षित हुन्छ । सिरियल की प्रयोग नगरी एण्टिभाइरस इन्ष्टल गर्न नसकिने हुँदा पाइरेटेड गर्न सकिँदैन । सिरियल की लिँदा कम्प्युटरमा केही समस्या आए आधिकारिक व्यक्तिले नै त्यसको समाधान गरिदिन्छन् । तर वेबसाइटहरुबाट निःशुल्क डाउनलोड गर्ने सुविधाका कारण समस्या देखिएको हो । 
अपडेट अपरिहार्य
कुनै पनि एण्टिभाइरसले शतप्रतिशत भाइरस हटाउन सक्दैन । कम्प्युटरमा दैनिक नयाँनयाँ भाइरस देखा परिरहेका हुन्छन् । यस्ता भाइरसको पहिचान गर्नसमेत एण्टिभाइरसको अपडेट गरिरहनुपर्ने प्रबन्ध निर्देशक लाखे बताउँछन् । एण्टिभाइरसको नियमित अपडेट गरिरहनुपर्छ भन्ने छैन । कुनै एण्टिभाइरस इन्ष्टल गरेको दिन वा पछिल्लो पटक अपडेट गरिएको दिनसम्म मात्र डाटाबेस सिग्नेचर रहन्छ । तर इण्टरनेट ई-मेल सीडी र पेनड्राइभ नियमित प्रयोग गर्नेले अपडेट गर्नु जरुरी हुन्छ । यस्ता सामग्री प्रयोग नगर्नेले एण्टिभाइरसको अवधि रहुाजेल अपडेट नगर्दा पनि फरक पर्दैन । सामान्यतः एण्टिभाइरसको अवधि १ वर्षको हुन्छ । अपडेट गरिरहँदा कम्प्युटरमा पूर्णसुरक्षा हुने गर्छ । 
के हो एण्टिभाइरस 
एण्टिभाइरस एकप्रकारको सफ्टवयेर हो । यो सफ्टवेयर कम्प्युटर नोटबूक तथा मोबाइलमा प्रयोग गर्न सकिन्छ । यसलॆ कम्प्युटर नोटबूक तथा मोबाइलमा भएका विभिन्न प्रकृतिका भाइरसलाई चिन्ने हटाउने र त्यसबाट बचाउने काम गर्छ । एण्टिभाइरस सफ्टवेयरले  भाइरस स्पाम ट्रोजन हर्ज स्पाइवेयर एडवेयरलगायतका आक्रमणबाट कम्प्युटर फाइल वॆबपेज ई-मेल म्यासेाजर स्क्रिप्टहरुलाई संरक्षण दिन्छ । <br>

1 comment:

  1. Nepali vayepa6i ta kinera use garne ta testai.
    Enjoying cracked versions :D

    ReplyDelete

Powered by Blogger.