Header Ads

युवा शान्ति शिविर सम्पन्न


बैशाख २, काठमाडौं– --
युनेस्को युथ क्लबको आयोजनामा दोलखामा भएको अन्तर्राष्ट्रिय युवा शान्ति शिविर सम्पन्न भएको छ । उक्त कार्यक्रममा सात देशका सहभागी युवाले शान्ति र द्धन्द्धमा आफ्ना भूमिका खोजेका छन् । उक्त कार्यक्रम अब भारतमा हुनेछ ।
उक्त कार्यक्रममा चीन, थाइल्याण्ड, जोर्डन, कम्बोडिया, इन्डोनेसिया र नेपाल सहित ४० युवाले द्धन्द्ध र शान्ति प्रक्रियाबारे अध्ययन गरेका छन् । शिविरमा आएका विदेशका युवाहरुले द्धन्द्धको एक दशकबारे गहिरो अध्ययन गर्न चासो राखेको युनेस्को युथ क्लबका अध्यक्ष रिमेश खनालले जानकारी दिए ।
कार्यक्रममा सबै देशका सहभागीले आफ्नो देशको द्धन्द्ध र शान्तिबारे अनुभव सुनाएका थिए । आफ्नो देशको राष्ट्रिय पोसाक प्रदर्शन गरे भने शान्ति र द्धन्द्धबारे वृतचित्रहरु पनि प्रदर्शन गरिएको छ । सहभागीहरुले नेपाली नयाँ वर्षको अवसरमा विश्वमा शान्तिका निम्ति युवाको भूमिका रहने प्रतिबद्धता ब्यक्त गरे ।
यसबारे विस्तृत विवरण केही बेरमा अपडेट हुनेछ । 

No comments

Powered by Blogger.