प्रविधिको सारथी सफ्टवेयर
एकराज बास्तोला
प्रविधिमा आम पहुँच तथा वित्तीय संस्थाको वृद्धीसँगै सफ्टवेयर निर्माता कम्पनीहरू थपिदै गएका छन् । ‘प्रोग्राम’ बनाउनु सफ्टवेयर कम्पनीको मुख्य काम हो । हाल सबै भन्दा बढि टेलर सफ्टवेयर बन्ने गरेका छन् । काम विशेषका लागि बनाइएको प्रोग्रामलाई टेलर सफ्टवेयर भनिन्छ । ब्यक्तीगत ढङ्गले सफ्टवेयर बनाउने क्रम बढेका कारण व्यवसायिक रुपमा उल्लेख्य सफलता पाउन नसकिएको एफ वान सफ्टका निर्देशक सुवास शर्माले बताए । एफ वान सफ्ट सन् २००३ मा स्थापना भएको सफ्टवेयर निर्माता कम्पनी हो ।
सरकारले ई–गभर्नेन्सको घोषणा गरेपनि प्रभावकारी हुन सकेको छैन । मानिसमा सूचना प्रविधि सम्वन्धि कम ज्ञान भएका कारण ई–गभर्नेन्स सफल हुन नसकेको विज्ञहरु बताउँछन् । हाल सफ्टवेयरको प्रयोग बैङ्क तथा वित्तीय संस्थामा बढि हुने गरेको छ । दुरसञ्चार उद्योग, रेमिट्यान्स कम्पनी, एयरलाइन्स कम्पनी, विभिन्न डिपार्टमेण्ट स्टोरमा पनि सफ्टवेयरको प्रयोग बढ्दै गएको छ । केही वर्ष अघिसम्म यस्ता संस्थामा विदेशी कम्पनीले निर्माण गरेका सफ्ट्वेयरको बाहुल्य थियो । तर, विस्तारै स्वदेशी कम्पनीले निर्माण गरेका सफ्टवेयरले विदेशी सफ्टवेयरलाई प्रतिस्थापन गर्दै लगेको शर्मा बताउँछन् ।
अहिले वेभमा आधारित सफ्टवेयरको प्रयोग बढेको छ । मर्कण्टायल अफिस सिस्टम र ई–जोन इण्टरनेशनल कम्पनीले भने डेक्सटपमा आधारित सफ्टवेयर पनि बनाउँदै आएका छन् । केही वर्ष अघिसम्म भारत, अमेरिका र युरोपका विभिन्न देशबाट सफ्टवेयर ल्याउने गरिन्थ्यो । अहिले पनि क्यासिनो र भारतीय लगानी भएका केही बैङ्क तथा वित्तीय संस्थामा भारतीय कम्पनीले निर्माण गरेका सफ्टवेयरको प्रयोग हुने गरेको ब्यवसायीहरु बताउँछन् । नेपालमै अन्तररास्ट्रिय स्तरका सफ्टवेयर निर्माता कम्पनी भएपनि प्रचारप्रसारको अभावले प्रभावकारी हुन नसकेको न्यातपोल टेक्नोलोजिजका निर्देशक विनोद प्रधानले बताए । न्यातपोल टेक्नोलोजिजले सन् २००२ देखि सफ्टवेयर निर्माणको काम गर्दै आएको छ । विदेशी कम्पनीले निर्माण गरेका सफ्टवेयरको सबै भन्दा बढि प्रयोग बैङ्क तथा वित्तीय संस्थामा हुने गरेको व्यवसायीहरु बताउँछन् ।
कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) मा ७० भन्दा बढी सफ्टवेयर कम्पनीहरु आवद्ध छन् । एउटा सफ्टवेयर कम्पनी स्थापना गर्न न्युनतम् ५ लाख रुपैयाँ लगानी गर्नु पर्छ । अहिले ५० लाख रुपैयाँसम्म लगानी भएका सफ्टवेयर निर्माता कम्पनी रहेको मर्कण्टायल अफिस सिस्टमका प्रमुख प्राविधिक अधिकृत सुरेन्द्र सिद्धी बज्राचार्यले बताए । यो तथ्याङ्क अनुसार, सफ्टवेयर निर्माता कम्पनीमा करीब २० करोड रुपैयाँ लगानी भइसकेको छ । सफ्टवेयर निर्माता कम्पनीबाट ५ सय इञ्जिनियरहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । एउटै सफ्टवेयर प्रोग्राम बनाउन तीन वर्षसम्म लाग्ने गरेको व्यवसायीहरु बताउँछन् । नेपालमा ५ हजार रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मका सफ्टवेयर प्रोग्राम निर्माण हुने गरेका छन् । मर्कणटायल अफिस सिस्टमले नयाँ सफ्टवेयरबाट वार्षिक ८ करोड रुपैयाँसम्मको व्यापार गर्छ । त्यस्तै न्यातपोलले वार्षिक २५ लाखको व्यापार गर्दै आएको छ । यसबाहेक एफ वान सफ्ट, इ–जोन इण्टरनेशन पनि राम्रै व्यापार गर्ने कम्पनी हुन् । सफ्टवेयर निर्माता कम्पनीले वार्षिक १० देखि ३० प्रतिशतसम्म मर्मत शुल्क लिने गरेका छन् ।
सफ्टवेयर निर्माता कम्पनीले प्रोग्राम विक्री पछिको सेवा समेत उपलब्ध गराउँछन् । कम्पनीहरुले शुल्क लिएर र विना शुल्क पनि विक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । हाल एउटा सफ्टवेयर प्रोग्रामको खरीद गर्न ५ हजार रुपैयाँ देखि ३० लाख रुपैयाँसम्म खर्च गर्नु पर्छ ।
सफ्टवेयरको व्यापार
सफ्टवेयर प्रोग्रामको मुल्य निश्चित हुँदैन । सफ्टवेयरलाई मानिसको बौद्धिक क्षमतासँग पनि तुलना गरिन्छ । प्रोग्राम बनाउन लाग्ने वास्तविक मेहनत निर्मातालाई मात्र थाहा हुने गर्छ । सफ्टवेयर निर्माता कम्पनीले मेहनत अनुसारको मुल्य नपाएको प्रधान बताउँछन् । नेपाली सफ्टवेयर निर्मातालाई पैसा तिर्न आँट नगर्ने कम्पनीहरु विदेशी सफ्टवेयरलाई तुलनात्मक रुपले बढी पैसा तिर्न पछि नपर्ने प्रधानको भनाइ छ । सफ्टवेयर प्रोग्रामको विक्रीबाट अपेक्षित पैसा नआएपनि मर्मतबाट राहत मिलेको बज्राचार्यले बताए ।
वेभमा आधारित
डेस्कटप भन्दा वेभमा आधारित सफ्टवेयरको निर्माण बढेको छ । हाल सञ्चालनमा रहेका अधिकांश सफ्टवेयर कम्पनीले वेभमा आधारित सफ्टवेयर निर्माण गरिरहेका छन् । एफ वान सफ्ट, न्यातपोल, नेट स्वीट, इ–जोन इण्टरनेशनल वेभमा आधारित सफ्टवेयर निर्माण गर्ने केही कम्पनी हुन् । वेभमा आधारित सफ्टवेयर निर्माण गर्दा मर्मत गर्न सजिलो हुने र सर्भरको मात्र मर्मत गर्दा हुने भएकाले अधिकांस कम्पनीहरु वेभमा आकर्षित भएको शर्मा बताउँछन् ।
विकास सुस्तायो
नेपाल र भारतमा एकै समयतिर सफ्टवेयर निर्माण हुन थालेको हो । भारतमा सफ्टवेयरको विकास द्रुत गतिमा भइरहेको छ । नेपालमा भने भारतको अनुपातमा विकास हुन सकेको छैन । यद्यपि, डिटु हकाइ नामक कम्पनीले विभिन्न देशमा आउटसोर्सिङको काम गरिरहेको छ । डिटु हकाइ साखः समूह अन्तरगतको कम्पनी हो । डिटु हकाइले नेपालमा सफ्टवेयरको प्रोग्राम विक्री गर्दैन । नेपालमा सूचना प्रविधिको अध्ययन कम भएका कारण तुलनात्मक रुपले सफ्टवेयरको विकास कम भएको शर्माको अनुमान छ । सानो बजार र अस्पष्ट सरकारी नीतिक कारण पनि सफ्टवेयरको विकास हुन नसकेको विज्ञहरु बताउँछन् । सरकारले सफ्टवेयरको विकासका लागि प्रभावकारी काम गर्न नसकेको कारण आशा गरिए अनुरुप विकास हुन नसकेको सेण्टर प्वाइण्ट नेटवर्कका निर्देशक भुवन आचार्य बताउँछन् । लोडसेडिङले पनि सफ्टवेयरको विकासमा प्रभाव पारेको छ । हाल नेपालका इण्टरनेट सेवा प्रदायक कम्पनी विश्वकै तल्लो स्तरका भएको आचार्यले आरोप लगाए । डाटा ट्रान्सफर, डाउनलोड र अपलोडमा घण्टौं समय लाग्ने गर्छ । यो अवस्थाले सफ्टवेयरको विकासमा नकारात्मक प्रभाव पारेको व्यवसायीहरु बताउँछन् । दक्ष जनशक्तिको विदेश पलायन हुनेक्रम बढेकाले पनि सफ्टवेयरको विकास सुस्ताएको हो ।
नेपालमा सफ्टवेयर
नेपालमा सफ्टवेयरको विकास २०३४ सालबाट शुरु भएको हो । राष्ट्रिय कम्प्युटर केन्द्रले जनगणना र एसएलसीको तथ्याङ्क प्रशोधन गर्न सफ्टवेयर निर्माण गरेको थियो । नेपालमा अमेरिकी नागरिक मिलरले सन् १९८० को प्रारम्भमा ‘डाटा सेन्टर इण्ट्रिग्रेसन’ नामक कम्पनी स्थापना गरेका थिए । उक्त कम्पनीले सफ्टवेयर बनाएर अमेरिका लाने गर्दथ्यो । त्यस्तै, मर्कणटायलले सन् १९८८ मा नबिल बैङ्कमा ‘नेबसफ्ट’ सफ्टवेयर बनाएको थियो । यहीँबाट सफ्टवेयर निर्माणमा एक फड्को मारेको बज्रचार्य बताउँछन् । मर्कणटायलले पुनः ‘डस’मा आधारित पुमरी बैङ्किङ सफ्टवेयर निर्माण गरेको थियो । सन् १९९३ मा विण्डोसमा आधारित पुमरी प्लस निर्माण ग¥यो । अहिले यसको चौथो संस्करण बजारमा आएको छ ।
सन् १९९० मा अर्को सफ्टवेयर निर्माता कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टमले निर्वाचन आयोगको लागि अर्को सफ््टवेयर निर्माण गरेको थियो । सन् १९९८ मा मण्डलाले एयरलाइन्स म्यानेजमेन्ट सिस्टम बनाउँदै अघि बढेको छ । त्यसपछि मण्डलाले पुलिस रेकर्ड सिस्टम २०००, सेण्ट्रल इमिग्रेशन कन्ट्रोल एण्ड म्यानेजमण्ट सिस्टम २००१, म्यानेजमेण्ट इन्फरमेशन सिस्टम २००३ बनाइसकेको छ । सन् २००३ देखि सफ्टवेयर निर्माता कम्पनी उल्लख्य रुपमा बढेका छन् । हाल १ सय ५० भन्दा बढी सफ्टवेयर निर्माता कम्पनी सञ्चालनमा छन् । नेपालमा ५ सय भन्दा बढि विभिन्न क्षेत्रमा प्रयोग हुने सफ्टवेयर सञ्चालनमा आएका छन् । फुटकर रुपमा विकास भएका सफ्टवेयरको रेकर्ड भने छैन ।

Post a Comment