Header Ads

मोबाइलमा गुणस्तरीय सेवाको मापदण्ड

गुणस्तरमा सुधार गरी निश्चित मापदण्ड लागु गर्न अनुरोध गरेको छ । प्राधिकरणको मापदण्ड अनुसार ग्राहकले आफ्नो मोबाइलबाट कुरा गर्न अन्तिम बटन थिचे पश्चामत रिङ टोन आउन लाग्ने समय १५ सेकेण्ड भन्दा कम समय निर्धारण गरेको छ । यसैगरी कलको सफलता दर ९० प्रतिशत भन्दा बढी तोकेको छ । सफल कल भन्नाले रिङ टोन आउने, व्यवस्ताको जानकारी दिने तथा मोबाइल बन्द रहेको जानकारी आदि जनाउँछ । प्राधिकरणको तोकिएको न्यूनतम मापदण्ड अनुसार कल ड्रप अनुपात ३ प्रतिशत भन्दा कम हुनुपर्दछ । यो भनेको कुरा गर्दागर्दै विचमा नै टुट्ने समस्या हो । त्यस्तै अन्र्तर सेवा प्रदायक नेटवर्क कलेक्शन अनुपात १ प्रतिशत भन्दा कप हुनुपर्ने मापदण्ड तय गरेको छ । यो मापदण्ड लागु भएमा एक सेवा प्रदायकबाट अर्को सेवा प्रदायकको नम्बरमा कल गर्दा सामना गर्नुपर्ने सर्किटको अभाव हुँदैन । त्यस्तै आवाजको गुणस्तरमा न्यूनतम ९० प्रतिशत भन्दा बढी हुनु पर्ने हुन्छ । तर अहिले यो गुणस्तर लागु नभएका कारण सेवाग्राहीले राम्रोसँग नसुनिने, एकतर्फी सुनिने, कुनै आवाज नआउने, हल्ला सुनिने, तेस्रो मान्छेको आवाज सुनिने, प्रतिध्वनी सुनिने जस्ता समस्या भोगिरहेका छन् ।

No comments

Powered by Blogger.