Header Ads

भलै बैङ्कहरुको आफ्नो नियम होला तर सेवाग्राही त दुःख पाए नी !


केही दिन अघिको कुरो हो । म व्यक्तिगत कामको सिलसिलामा सुकेधारा स्थित किष्ट बैङ्क गएको थिए । मुख्य उद्देश्य चेक साट्नु नै थियो । चेकमा एउटा सानो त्रुटि भएछ , बैङ्क अनुसार एउटै रङको मसिले लेख्नु पर्ने । जसले मलाई चेक दिनुभयो, त्यो दिदीले मिति लेख्न विर्सनु भएछ । मैले हातमा भएको कालो मसिले  मिति लेखे । तर क्यास काउण्टरमा दिए । उनीहरुले मसी दुइता भयो भन्दै चेक रिजेक्ट गरिदिए । मैले त्यो दिदीलाई बोलाए र एटिएमको सहायताले पैसा त झिकियो, तर दुःख त भयो । बैङ्कलाई जतिओटा मसि भए पनि किन आपत्ति, बैङ्कले चेकमा शङ्का लागे सोधिखोजी गर्न सक्छ, हस्ताक्षर नमिले भन्न सक्छ, तर मसिमा उनीहरुको किन आपत्ति ???

त्यस्तै, त्यसको भोलिपल्ट मलाई आमाले अर्को चेक दिनुभयो, नजिककै आण्टिको । त्यो साट्न मलाई नै पठाउनुभयो, सोही बैङ्क, त्यही शाखा । त्यस दिन पनि चेक बाउण्स भयो कारण, दुइता भाषा भयो । अङक मात्र अगे्रजीमा । अहिले नेपाली भाषा पढाइ हुने विद्यालयमा समेत गणित विषयमा प्रयोग हुने अङ्क अग्रेजी लेख्न थालिसकेका छन् । त्यस्तै, पछिल्लो पुस्ता, नेपाली अङ्क ज्यादै न्यून प्रयोग गर्ने गरेका छन् । यो त उनीहरुले पनि बुझ्नु पर्ने हो । यस्ता साना तीना कुराहरुले सेवाग्राहीले साह्रै नै दुःख पाउने गरेका छन् । 
यो सँगै उनीहरुले निःशुल्क वितरण गर्ने चेक पनि नाश त भयो नी !!! 

यो त प्रतिनिधि उदाहरण मात्र हुन्  र यो केबल किष्ट बैङ्कको मात्र नभई सम्पूर्ण बैङ्कले सेवाग्राहीलाई दिने दुःख पनि हो । त्यसैले उनीहरु अहिलेको समय सापेक्ष अनुसार उनीहरु परिवर्तन हुनु पर्ने मेरो बुझाई हो । 
यो नितान्त व्यक्तिगत पनि !!


No comments

Powered by Blogger.