Header Ads

सडक विस्तार सुस्त गतिमा

एकराज बास्तोला
अवस्था<br>
- सन् २००९&#247;२०१० सम्ममा १०८३५ किलोमिटर निर्माण ।
- जिल्ला सडक तथा शहरी सडक सबै गरी २०२६४ किमी निर्माण ।
- देशभरी सडक पुल १२ सय १ ओटा ३ सय ५० ओटा निर्माणाधीन । 
- आव २०६८&#247;६९ मा सडक र पुलका लागि रु। ११ अर्ब ९१ करोड विनियोजन ।

देशको आर्थिक तथा पूर्वाधार विकासलाई सडक निर्माणको गतिले डोर् याउँछ । सडक बनेपछि यातायात विद्युत् अस्पताल विद्यालय कृषिलगायतका क्षेत्रको विकास हुने हुँदा यससँगै कुनै पनि स्थानको आर्थिक गतिविधि बढ्छ । तर नेपालमा सडक विकासको क्रम कछुवा गतिमा भइरहेकाले यसको समग्र प्रभाव अन्य क्षेत्रको विकासमा पनि परेको छ । विसं २०५५ देखि २०६७ १२ वर्ष मा कालोपत्रे ग्राभेल र कच्ची गरी थप ६ हजार किमी  मात्र सडक विस्तार हुन सकेको छ । 
देशको आर्थिक वृद्धि दर न्यून हुनुको प्रमुख कारण सडकको पर्याप्त विकास तथा विस्तार हुन नसक्नु पनि हो । २०६६&#247;२०६७ सम्म सडक नपुगेका डोल्पा र मुगु अन्य जिल्लाको तुलनामा आर्थिक सामाजिक तथा राजनीतिक रुपमा निकै पछि पर्नु यसको उदाहरण हो ।
वर्षेनी सरकारले बजेट छुटुए पनि प्रायः सडक निर्माणको काम आर्थिक वर्षको अन्त्यतिर मात्र तिब्र गरिने प्रवृत्तिका कारण गुणस्तरीय सडक बन्न नसक्ने तथा विनियोजित रकम पूरै खर्च नहुने अवस्था विद्यमान छ । यसरी बजेट पि्रुज हुँदा सडक तथा पुललगायतका पूर्वाधार उल्लेख्य रुपमा विकास हुन सकेको छैन । <br>
तर पनि सरकारले गरेको लगानीअनुसार सडक निर्माण भइरहेको भौतिक योजना तथा निर्माण मन्त्रालयका सह-सचिव तथा प्रवक्ता इ। सुमनप्रसाद शर्मा बताउँछन् । ुभौगोलिक विविधताका कारण सडक निर्माणलाई गति दिन सरकारी बजेट अपर्याप्त हुने गरेको छु उनले भने । सरकारले चालु आवमा पुल र सडकका लागि रु। ११ अर्ब ९१ करोड बजेट छुटुएको छ । तर यो रकम हालका सडकको मर्मतसम्भार तथा नयाँ सडक विस्तारका लागि पर्याप्त नभएको भौतिकका अधिकारीहरुको भनाइ छ ।
सन् २००९&#247;२०१० सम्ममा स्ट्राटेजीक रोड नेटवर्क एसआरएन अन्तर्गत कालोपत्रे कच्ची तथा ग्राभेल समेत गरी देशभर १०८३५ किलोमिटर सडक निर्माण भएको तथ्याङ्क छ । जिल्ला तथा शहरी सबै गरी कुल २०२६४ किमी सडक निर्माण भएको छ ।
सडक विभागका अनुसार साढे ३३ किलोमिटर राजमार्ग हाल निर्माणधीन छ । त्यस्तै ३४४ किमी राजमार्ग निर्माणको योजनामा छन् । मुख्य सहायक सडक फिडर रोड मेजर ३१५ किमी निर्माणधीन र १९५६ किमी निर्माणको योजनामा छ । १८ किमि सहायक सडक फिडर रोड माइनर निर्मानाधीन र १३३ किमि निर्माण योजनामा छन् । ३२६ किलोमिटर लामो मध्य पहाडी लोकमार्ग बनिरहेको छ । ७६ किलोमिटर  हुलाकी मार्ग निर्माणधीन छ भने थप ७७ किलोमिटर बनाउने योजना छ ।
प्रस्तावित सडकबीच समयमा पुल निर्माण हुन नसकेकाले पनि सडक विस्तारमा समस्या भएको भौतिकका प्रवक्ता शर्मा बताउँछन् । सडक विस्तार तिब्र बनाउन ऐन ल्याएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने उनको भनाइ छ । देशको सबैभन्दा लामो महेन्द्र राजमार्गमा ५ सय १० ओटा पुल निर्माण भएका छन् । त्यस्तै त्रिभुवन राजमार्गमा २२ अरनिको राजमार्गमा २९ पृथ्वी राजमार्गमा ४३ लगायत अन्य सडकसँग जोडिएका गरी गाडी हिँड्ने पुल १२ सय १ ओटा छन् । सडक विभागका अनुसार हाल ३ सय ५० ओटा पुल निर्माणाधीन छन् । सरकारले चालु आवमा पुल निर्माणतर्फ रु।२ अर्ब रकम छटुएको छ । सरकारले सडक निर्माणमा निजी क्षेत्रलाई भने आकर्षण गर्न सकेको छैन ।


 

No comments

Powered by Blogger.